गरुडा ७ साउन / रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुर स्थित निर्माण भएको पुल दुई महिनामै भत्केको छ । माधवनारायण नगरपालिकाको कुल ३० लाखको लागतमा दुई महिनाअघि माधोपुर मानपुर सडकखण्डमा दुईवटा पुल निर्माण भएको थियो । तर पुल निर्माण भएको दुई महिना पनि नबित्दै पुलको केहि भाग भत्केको कारणले आवत जावत बन्द भएको छ । अविरल वर्षास“गै गएको असाढ २७,२८ गते आएको बाढीले दुईवटै पुल भत्केर सडक अवरुद्ध भएपछि र्वसाधारणलाई ति बाटो भएर आवतजावत गर्न कठिनाई भएको छ । पुल भत्केको हा“दा माधोपुर, मानपुर, जयनगर लगाएतका गाउ“का बासिन्दालाई यात्रा गर्न समस्या भएको छ । पुल निर्माणमा गुणस्तरहिन सामग्रि प्रयोग भएको कारणले एउटै बाढीमा पुल भत्केको स्थानीय बासिन्दाहरुले बताएका छन । माधोपुरका किशोरी कोइरी, उपेन्द्र साह लगाएतका व्यक्तिहरु रहेको उपभोक्त समितिले उक्त पुल निर्माण गरेको थियो । गुणस्तरहिन सामग्रि प्रयोग भएकै कारण पुल निर्माण भएको केहिदिनमै चर्केको र भत्केको माधोपुरका महेन्द्र यादवले बताए । माधवनारायण नगरपालिकाका प्रमख बिरेन्द्र यादवले पुल भत्किदा मर्मत सम्भार नगराई पहिला रकम नै निकासा गरेका हुन । पुल भत्केर बाटो अवरुद्ध भएपनि मेयर यादवले रकम निकासा गरेको भन्दै स्थानीयबासिन्दाहरुले गुनासो गरेका छन । पुल भत्के पनि त्यसमा लागेको खर्चको मुल्यांकन गरी मुल्यांकन अनुसार रकम निकासा गरेको मेयर यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here