चन्द्रपुर,१२ साउन । गत असारमा आएको बर्षाको पानीको निकासका लागि चन्द्रपुर नगरपालिकाले खनेको खाल्डा नपुरेका कारण स्थानीय तथा व्यापारी मारमा परेका छन् ।
जब राती बुढी ताती भनेझै चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि अरु बेला कानमा तेल हालेर बस्ने र बाढीका बेला मात्र सक्रिय हुने र बिगारेका संरचना नबनाउने गरेको भन्दै आलोचना हुन थालेको छ ।
चिडियादह जाने बाटोमा तत्कालिन समयमा पानीको निकासका लागि खनेको खाल्डो नपुरेका कारण स्थानीयलाई आवत जावतमा समस्या भएको गुनासो बढदै जान थालेको छ । यता चन्द्रनिगाहपुरको पुलचोक नजिक पानीको निकासका लागि नगरपालिकाको जोडरले खनेको खाल्डो नपुरेका कारण आफ्नो व्यापार व्यावसायनै चौपट भएको स्थानीय होटल व्यावसायी गंगा थापाले तराई एक्सप्रेसलाई बताईन् ।
रौतहट क्षेत्रनं ४ का सांसद देव प्रसाद तिमलसिनाले नगरपालिकाले तत्कालिन समयमा खानेका खाल्डा पुर्नका लागि मेयरलाई पटक पटक भनेको भएपनि सुनुवाई नभएको बताए । २०७६ साउन १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशति समाचार