अशोक पहाडी
रौतहट,१६ साउन । रौतहट प्रहरीले विप्लव माओवादीका २ जना कार्यकर्तालाई हतियार सहित फक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव माओवादीका दुईजना कार्यकर्ता हतियार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार चन्द्रनिगाहपुर टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ रहेको ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । यता प्रहरीले बुधबार बिहानै गैडाटारबाट एक थान गोली र फलामको टुक्रा सहित रेवत मैनालीलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here