गौर,१७ साउन / बुधबार रौतहटको चन्द्रपुर नगरपालिकाको गंैडाटारस्थित तीन नम्वर वडा कार्यालयमा भएको आगजनी र वडाध्यक्षको घरमा ढुंगामुढा भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले हतियारसहित पक्राउ गरिएका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ गरिएका प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता ५५ वर्षिय रेवप्रसाद मैनाली, ३० वर्षिय रामबहादुर घिसिङ र ३५ वर्षिय मानबहादुर वाइवालाई सार्वजनिक गरिएको हो । मैनाली, वाइवा र घिसिङलाई गाउबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेका राम बहादुर घिसिङको घरमा रहेको फ्रिजमा लुकाई राखेको अवस्थामा हतियार बरामद भएको थियो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा गत बुधबार चन्द्रपुर नगरपालिका वडा नम्वर तीनको आदर्श सामुदायिक भबनमा रहेको वडा कार्यालयमा आगजनी गरेको,आतंक र त्रास फैलाउन सडकमा पेट्रोल बम राखेको,विगतमा गैंडाटारमा रहेको एनसेल मोवाइलको टावरमा आगजनी गरेको,गत बैशाख ५ गते नेपाल बन्दको समयमा चन्द्रपुर नगरपालिका वडा नम्वर चारस्थित पुर्वपश्चिम राजमार्गको धनसर जंगलमा रुख ढालेर ५ वटा सवारीसाधनमा क्षति गरेको,ब्यक्ति तथा संस्थाहरुलाई चन्दा आतंक मचाउने कागजात भेटिएको उल्लेख छ ।
पत्रकार सम्मेलनमा वाइवा र घिसिङको बयान र बिशेष सुचनाका आधारमा बुधबार साझ चन्द्रनिगाहपुरको टेकानटोलस्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरमा रहेको फ्रिजमा लुकाई राखेको एक थान सेमी अटोमेटिक चाइनिज लेखिएको स्वचालित पेस्तोल,पेस्तोलमा लाग्ने नाइन एम एमको पाच राउन्ड गोली र एक थान नलकटुवा पेस्तोलसहित तीन राउन्ड गोली र बम बनाउन प्रयोग हुने सकेट तथा तामाको पाइप,मोबाईल चार थान,माोटरसाईकल एक थान,तामाङ राष्ट्रिय मुक्ति मोर्चा लेखिएको लेटरप्याड,पार्टीको पर्चा पम्पलेटलगायतका दस्तावेज बरामद भएको ईलाका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक कबित कटुवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here