गौर,१७ साउन / रौतहट जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत पर्ने बडहर्वा देखि लिएर अरुवा खोला सम्म १९ किलोमिटरको बाटो मध्ये करिव ५ किलोमिटर बाटो बाढीले बगाएपछि ग्रामिण भेगलाई जोड्ने बाटो अहिले अवरुद्ध भएको छ ।
असारको २७ र २८ गते आएको बाढीको बाट दुर्गा भगवती गाउपालिका वडा नम्वर ५ बडहर्वा बागमती नदी देखि लिएर बौधी माई नगरपालिकाको अरुवा खोला सम्मको १९ किलोमिटर सडक खण्डको विभिन्न स्थानहरुमा सडक भत्केपछि ग्रामिण भेगको यातायात सेवा अवरुद्ध भएको छ ।
बाढीबाट सड्कमा बनाइएको एलाइमेन्ट, ड्रेनेज, कल्भर्ट, एरिगेशन आउटलेटहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । वागमती नदीको पश्चिमी बँध नजिक ६५ मिटर सडक बगाएर ठूलो खाल्डो बनाएको छ ।
बडहर्वा चोक नजिक ५० मिटर सड्क पूर्ण रुपमा बगाएको छ भने बडहर्वा चोक देखि पश्चिम गौर चन्द्रपुर सड्क खण्ड सम्म करिव एक किलोमिटरमा सडक संरचनाहरु ध्वस्त पारिएको छ ।
लाल बकैया नदीमा रहेको गण्डक सिंचाई आयोजनाको फतुवा पुल देखि पश्चिम बाध सम्मको एक किलोमिटरमा सडक बगाएर तिन स्थानमा एक÷एक सय मिटरको ठूलो खाल्डो भएको छ । तार जालीबाट निर्माण गरिएको वालहरु भत्किाएर क्षतिग्रस्त हुदा बाटो पूर्ण रुपमा ठप्प भएको हुलाकी सडक आयोजनामा कार्यरत प्राविधिक दिवाकर ठाकुरले जानकारी दिए ।
यस्तै लालबकैया नदीको पश्चिमी बाध देखि लिएर पोखरिया दमार सम्म एक किलोमिटर सडक संरचनालाई आंशिक रुपमा बगाउनुको साथै दुई स्थानमा ठूलो खाल्डो भएको ठाकुरले बताए ।
भिषण बाढीको चपेटामा परेर हुलाकी सडकको स्ट्रक्चर, ग्याविन, स्लैव, कल्भर्ट र विंगवाललार्य पूर्ण रुपमा क्षति पु¥याउदा ग्रामिण भेगलाई जोड्ने सो बाटो पूर्ण रुपमा बन्द हुदा अन्य बैकल्पीक बाटो भएर त्यस भेगका सर्वसाधारणहरु हिडन बाध्य भएका छन ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय विरगंज पर्साका इन्जिनियर श्याम नारायण मिश्राका अनुसार निर्माणाधिन अवस्थामै रहेको यो सडक रौतहटमा अत्याधिक क्षति भएको छ । बाढीबाट क्षतिग्रस्त भएको सड्क संरचना मेन्टेनेन्स गर्न करिव साढे तिन करोड रकम खर्च हुने आंकलन गरिएको छ
बाढी पश्चात हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय पर्साबाट प्राविधिकहरु टोली रौतहटको विभिन्न स्थानहरुमा भत्किएको सडक संरचनाहरुको स्थलगत निरक्षण तथा अनुगमन गरेर प्राप्त भएको रिपोर्टलाई आवश्यक कारवाहीको लागि हुलाकी सड्क आयोजनामा पठाइएको जानकारी मिश्रले दिए ।
हुलाकी सडक निर्माणको ठेक्का श्रेष्ठ, ढुकुच्छु, मृतसंजिवनी जेभीले २०७४ साल पुस १३ गते ८७ करोड ४२ लाख २९ हजार ९७२ रुपैयामा १९.११ किलोमिटर सडकको निर्माण कार्य २०७७ असार १३ गते सम्पन्न गर्न ठेक्का सकार गरेको उक्त कम्पनीका साइट इन्चार्ज जयमोद झाले जानकारी दिए । सडकमा अर्थ फिलिंग, सव बेस सहितको कार्यहरु सम्पन्न भएको र असोज देखि ब्लैक टपको कार्य गर्ने तयारी भईरहदा बाढीले सवै ध्वस्त भएको हो ।
बाढीबाट साढे १३ करोडको क्षति भएको झाले बताए ।