चन्दपुर,१७ साउन / रौतहटमा विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रमा पर्ने स्थानीय बासिन्दाले मुआब्जा कम भएको गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय,रौतहटले रेलमार्गमा पर्ने जमिनको बर्गिकरण गर्दै मुआब्जा रकम निर्धारण गरेपछि चन्द्रपुर नगरक्षेत्रका जमिन पर्नेहरुले आफुहरु पिडित बनेको बताएका हुन ।
लामो समयदेखि अन्यौलमा रहेका पहिचान गरिएका क्षेत्रका स्थानीयले अव सहजै मुआब्जा पाउने भनिएको भएपनि आफ्नो जमिनको बजार मुल्यको तीन भाग कम मुअब्जा दिने कुराले आफुहरु पितित भएको सन्तपुरका स्थानीय बासिन्दा दिनेश सापकोटाले बताए ।
जिल्लाका उत्तरी भेगमा पर्ने साबिक सन्तपुर र रंगपुर गाविस रहेको तर हाल चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकामा पर्ने रेलमार्गको रेखाङ्कनभित्र पर्ने जमिनको जिल्ला प्रशासन कार्यालय,रौतहटले हालै मुआब्जा निर्धारण गरेको छ ।
मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास(निजगढमा पर्ने रौतहटका रेलमार्गको रेखाङ्कनभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरण गर्ने प्रक्रिया थालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार, विभिन्न ३२ प्रकारका जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here