चन्द्रपुर,१९ साउन / आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
राजपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को सन्तोष साह सोनार समेत ३ जना मिलेर दाईजो कम ल्याएको निहुमा हत्या भएको थियो ।
आफनै श्रीमती लालमुनी देवीको साह सहितका मिलेर २०७३÷पुस १३ गते बेलुका हत्या गरेर फरार रहेका साहलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिएका छन । साह सोनारले संग जातिय रिती रिवाज अनुसार बिवाह भई माग गरे अनुसारको दाहिजो रकम कम दिएको कारणले बिपक्षीहरु तिनै जनाले सोही कुरालाई लिएर विवाद गरी बिभिन्न प्रकारको यातना दिदै हत्या भएको थियो । अन्य २ जनालाई भने प्रहरीले पहिलेनै पक्राउ गरिसेको थियो । भारतको बिहार राज्य अन्तर्गत पुर्वी चम्पारण जिल्ला ग्राम पंचायत जटौलिया वडा नं. १२ बस्ने ५० बर्षिय किशोरी साह सोनारले छोरीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिय ।
सोनारले छोरी लालमुनी देवीलाई श्रीमान सन्तोष साह सोनार ,ससुरा राजेन्द्र साह सोनार, सासु प्रमिला देवी समेत मिली घँटी थिची हत्या गरेका थिय ।
हत्या पछिे पंखामा साडीको पासो लगाई झुण्डी आत्महत्या गरी गम्भीर घाईते भएको भनी बाहाना बनाई कसैलाई जानकारी नगराई उपचारको लागी नजिककै अस्पताल गौर तर्फ ल्याउनु पर्नेमा निजहरुले बिरगंज तर्फ लगेका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here