पर्सा,२४ साउन / तयारी अवस्थाको प्रतिबन्धित लागुऔषधसहित सिन्धुपाल्चोकका एक युवक पर्सामा पक्राउ परेका छन् । भारतको रक्सौलबाट तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध लिएर नेपाल आउँदै गर्दा उनी पर्साको वीरगन्ज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा आइपुगेपछि पक्राउ परेका हुन । पक्राउ परेका युवक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउ“पालिका ९ का २६ वर्षीय सम्राट तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताए। तामाङले भारतको रक्सौलबाट तयारी अवस्थाको डाइजोपाम, फेनारगन र नुर्फिन १५र१५ थान लिएर वीरगन्ज भन्सार एरियामा आइपुगको समयमा इनर्वाबाट पक्राउ गरिएको उनको भनाइ छ । अभियुक्त तामाङलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गर्दै कार्वाही प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here