बारा,२४ साउन / बारा र रौतहट जिल्लाको दक्षिणतर्फको ४७ हजार ५००ं हेक्टर जमिन सीञ्चित गर्ने लक्ष्यसहित निर्माण भएको गण्डक नहर पानीको भार बहन गर्न नसक्ने गरी जीर्ण बन्दै गएकोे छ । मुलुकको सबैभन्दा लामो अर्थात ८१ किलोमिटर लम्बाई भएको सिंचाई नहर थला परेको छ । सामान्य टालटुल पारेर आधा जति मात्र पानीको भार बहन गर्दै आएको गण्डक नहरको व्यवस्थापन हेर्ने नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साले जनाएको छ । गण्डक नहरमा व्यवस्थित रुपले पानी आइरहने हो भने पर्सा र बारा दुई जिल्लाको अनाज उत्पादनले मात्र थप ५ जिल्लालाई अन्न पुग्ने अपेक्षा कार्यालयको छ। स्वदेशमा नै उत्पादन बढाई अन्न आयात प्रतिस्थापन गर्ने लक्ष्य सहित निर्माण भएको गण्डक नहर संचालनको ४४ वर्षमा पनि यसको संरक्षणतर्फ कसैको ध्यान नपुगेको पर्सा बाराका किसानले गुनासो छ । ८५० क्यूसेक पानी बहने क्षमता भएको सबैभन्दा लामो सिंचाई नहर (गण्डक नहर) को जीर्ण अवस्थाले सबैलाई गिज्याइ रहेको उनीहरुको भनाइ छ ।संरक्षणको अभावमा गण्डक नहर
बारा,२४ साउन ÷
बारा र रौतहट जिल्लाको दक्षिणतर्फको ४७ हजार ५००ं हेक्टर जमिन सीञ्चित गर्ने लक्ष्यसहित निर्माण भएको गण्डक नहर पानीको भार बहन गर्न नसक्ने गरी जीर्ण बन्दै गएकोे छ । मुलुकको सबैभन्दा लामो अर्थात ८१ किलोमिटर लम्बाई भएको सिंचाई नहर थला परेको छ । सामान्य टालटुल पारेर आधा जति मात्र पानीको भार बहन गर्दै आएको गण्डक नहरको व्यवस्थापन हेर्ने नारायणी सिंचाई व्यवस्थापन कार्यालय पर्साले जनाएको छ । गण्डक नहरमा व्यवस्थित रुपले पानी आइरहने हो भने पर्सा र बारा दुई जिल्लाको अनाज उत्पादनले मात्र थप ५ जिल्लालाई अन्न पुग्ने अपेक्षा कार्यालयको छ। स्वदेशमा नै उत्पादन बढाई अन्न आयात प्रतिस्थापन गर्ने लक्ष्य सहित निर्माण भएको गण्डक नहर संचालनको ४४ वर्षमा पनि यसको संरक्षणतर्फ कसैको ध्यान नपुगेको पर्सा बाराका किसानले गुनासो छ । ८५० क्यूसेक पानी बहने क्षमता भएको सबैभन्दा लामो सिंचाई नहर (गण्डक नहर) को जीर्ण अवस्थाले सबैलाई गिज्याइ रहेको उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here