व्यचन्द्रपुर,२६ साउन / हिन्दु परिषद नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलले देशको शासन व्यवस्थालाई व्यवस्थित गर्नका लागी हिन्दु राज्य बनाउनु पर्ने बताउनुभएको छ । विश्वमा नेपालको पहिचान हिन्दुमा नै रहेकाले यसको संरक्षण गर्नु पर्ने धारणा राख्नुभयो ।
रौतहटको चन्द्रनिगाहपुरमा शनिवार विहान पत्रकार सम्मेलन मार्फत उहाँले हिन्दुको अस्तित्व र पहिचान समाप्त पार्ने खोजिएकाले हिन्दु जागरण अभियान शुरु गरेको बताउनुभयो । नेपाल सनातन हिन्दु धर्मको सास्कृतिको जर्गर्ना गर्नु समाजको दायित्व रहेकाले राष्ट्रको उन्नती तथा विकासका लागी हिन्दु राज्य हुनु पर्नेमा जोड दिनुभयो ।
हरेक धर्मको हिन्दु परिषद नेपालले सम्मान गर्ने गरेको बताउदै अध्यक्ष पटेलले हिन्दु धर्म र संस्कृति माथि प्रहार गरेमा कडा प्रतिकार गर्नेे चेतावनी दिनुभयो । उहाँले सनातन हिन्दु धर्मको संरक्षण र सम्वर्धन गर्नु पर्नेमा जोड दिनुभयो ।
धार्मिक स्थल मठ मन्दिरको मर्मत सम्भार, रेखदेख र सरसफाई गर्नु गराउनुको साथै सार्वजनिक दृष्टिले महत्वपुर्ण स्थलहरुमा धार्मिक महोत्सव वा धार्मिक तथा सामाजिक कार्य हुनु पर्ने उहाँको भनाई छ ।
हरेक जिल्लामा संस्कृत विद्यालय एव गौशाला स्थापना गरी संस्कृति र गौ माता संरक्षण र संमर्धनको लागी हिन्दु परिषद नेपालले पहल गर्ने जानकारी दिनुभयो ।
धार्मिक सहिष्णुता कायम गरि नेपाललाई शान्त र समुन्नत राष्ट्र बनाउन हिन्दु परिषद नेपाल निरन्तर लाग्ने उहाको भनाई छ ।
संगठित हिन्दु, समृद्ध नेपाल अभियान अन्तर्गत ५ बर्षमा २५ लाख नेपाली जोड्ने आभियान लिएको अध्यक्ष पटेलले बताउनुभयो ।
नेपाललाई पुन हिन्दु राष्ट्र बनाऔ, सम्पुर्ण नेपालको पहिचान जोगाऔ भन्ने नाराका साथ हिन्दु परिषद नेपाल जागरण अभियानमा रहेको उहाँको तर्क छ ।
जातिय छुवाछुत तथा विभेद मुतm समाज निर्माण अभियानमा जुटेको र धर्म परिर्वतन बिरुद्ध महाअभियानका हिन्दु परिषद नेपालका रहेको उहाले उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here