रौतहट,१ भदौ । आफनै घरमा आगलागी गरेको आरोपमा रौतहटमा एक जना महिला पक्राउ परेकी छिन् । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका अजय कुमार यादवको श्रीमती २९ बर्षिया बिजमा भनिने रिंकु देवी यादवले आफ्नै घरमा आगो लगाएको भन्दै प्रहरीले पक्रान गरेको हो ।
रिंकुदेवी यादव हाल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसंधान भईरहेको प्रहरी निरिक्षक बद्री पौडेलेले जानकारी दिएका छन ।
रिंकु देवीका श्रीमान अजय यादव र ससुरा लालबाबु यादवले बुहारीले घरमा आगो लगाएको दावी गरेपनी अनुसंधान पछी मात्र बास्तविकता बाहिर आउने प्रहरी निरिक्षक पौडेलले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here