रौतहट,१ भदौ । जंगली हात्तिले रौतहटमा एक घर भत्काइदिएको छ । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी गाउका वीर बहादुर वाईवाको घर भत्काएको हो ।
२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको स्थानीय बासिन्दा राजन कार्कीले बताए । हात्तिले दुइलाख बराबरको धनमाल नष्ट पारेको पिडित वाईवाले जानकारी तराई एक्सप्रेसलाइ दिए ।
एक घण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि स्थानीयले राँको बालेर हात्ति भगाएका थिय । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि आफुहरु घर पछाडीबाट भागेर बच्न सफल भएको पिडित परिवारको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here