गौर,४ भदौ  / नेपालबाट भारत तिर रक्सीको कारोवार गर्दे आएका एकजना पक्राउ परेका छन् ।
गत साउन १६ गते बिहान ईशनाथ नगरपालिका वडा नं। ४ ठुलो लतमरी चौकमा एक एन एल ०७–७२२६ नम्बरको भरातीय बोलेरो र नम्बर नखुलेको ५ वटा मोटेसाईकलमा सौफी नामक रक्सी लोड गरी नेपालबाट अबैध रुपमा भारत तर्फ गईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सोफी रक्सीको साहु रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं। ४ बस्ने ४५ वर्ष को उपेन्द्र साह फरार भएका थिय । पक्राउ परेका साहलाई गौर भन्सार कार्यालयले पन्द्र लाख पैतालिस हजार चार सय पचिस रुपैया धरौटी तोकिएको थियो । …

साहलाई आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको एसपी भुपेन्द्र पत्रिले जानकारी दिएका छन् । भारतको बिहारमा सरकारले मदिराको बिक्रि बितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि नेपालबाट अबैध रुपमा ठुलो मात्रामा नेपाली रक्सी भारत जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here