गौर,४ भदौ  / पार्टीको सदस्यता समेत नलिएकालाई प्रदेश तथा जिल्ला कमिटिमा राख्न नेतृत्वबाट दवाब आउनु लगाएतका बिभिद कारण जनाउदै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष प्रभु साहले प्रदेश अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वपंक्तिले असहयोग गरेको र चौतर्फी घेराबन्दीमा राख्न खोजेको आरोप लगाउदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएकोले पदमा बसिरहनुको औचित्य समाप्त भएकोले राजीनामा दिएको बताए । उनले प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि भूमिकाविहीन बनाइएको गुनासो पोखेका छन् । …

प्रदेश सदस्यहरुको चयन गरिदा अध्यक्ष साहसँंग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए । साहको राजीनामाबाट प्रदेश २ र खासगरी रौतहटमा नेकपालाई ठूलो धक्का लागेको छ । साह नेकपाका लागि एउटा मजबुत, जुझारु र विकासप्रेमी नेताका रुपमा परिचित छन् । पार्टीको सदस्यता समेत नभएका गौरका एकजनालाई प्रदेश कमिटिमा राख्न माधव नेपालले दवाव दिएको ,जिल्लामा जनताको काम नगर्ने कर्मचारीको सरुवा धमौती गरेको लगाएतका कारण साह खास गरेर माधव नेपालसंग असन्तुष्ट हुदै आएका थिय । रौतहट जिल्लाको विकास निर्माणका काममा खटिएका चारवटा स्काभेटर जलाउने समुहलाई पक्राउ गर्न दवाब दिदा समेत नेपालकै कारण अपरधिक समुह प्रहरीले पक्राउ नगरेको लगाएतका बिषयमा साह चिडिएको नेकपा रौतहट एक नेताले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here