चन्द्रपुर,९ भदौ / रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा लागु औषधको कारोवार तथा बिक्रि बितरणमा कमी आउन सकेको छैन । प्रहरीले लागु औषधको बिक्रि बितरण तथा सेवन गर्नेहरुलाई पटक पटक पक्राउ गर्ने गरेको भएपनि त्यसको रोकथाम भने हुन सकेको छैन । रौतहटसंग सिमा जोडिएका भारतीय बजारमा सहजै पाईने लागु औषधको कारोवार ४२ किलोमिटर उत्तरको बजार चन्द्रनिगाहपुर बजारमा सहजै हुने गरेको छ । पछिल्लो समय ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा मात्र ६ जना रहेका छन् । साउन महिनामा प्रहरीले लागु औषध कारोवारमा संलग्न रहेका करिव एक दर्जन युवालाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालयले लागु औषध नियन्त्रणका लागि प्रयास जारी राखेको भएपनि कारोवारमा कमी आउन नसकेको स्थानीयले बताएका छन् । सदरमुकाम गौर हुदै लागु औषध चन्द्रनिगाहपुर सम्म आउने भएका कारण गौर भन्सार तथा बसपार्क एरियामै कडाई अर्नुपर्नेमा चन्द्रनिगाहपुरका स्थानीय बासिन्दाले जोड दिएका छन् । चन्द्रनिगाहपुर क्षेत्रमा हुने लागु औषधको कारोवार रोक्नका लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर लागि परेको डिएसपी कबित कटुवालले जानकारी दिएका छन् । आफ्ना छोरा,छोरीको संगत तथा उनीहरुको आनीबानीका बिषयमा अभिभावक समेत सचेत हुनुपर्ने डिएपी कटुवालको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here