गौर,११ भदौ / परम्परागत रुपमा खेति गर्दै आएका रौतहटका कृषकहरुलाई जिवन धान्न मुस्किल परेपछि व्यवसायिक खेति तर्फ आकर्षित भएका छन् । रौतहटको उत्तरी तथा मध्यक्षेत्रका कृषकहरुले आधुनिक तरिकाले पशुपालन तथा बेमौषमी खेति गरेर मनग्ये आम्दानी गरीरहेको पाइएको छ । आधुनिक तरिकाले चन्द्रनिगाहपुर, जुडिवेला ,सन्तपुर ,डुमरिया ,सिम्राभवानीपुर ,हर्षाहा ,हजमिनिया, सरुअठा लगायतका गाँउका कृषकहरु वेमौषमी तरकारी खेति गरेर जिल्लालाई नै आत्मनिर्भर बनाउन प्रयास गरिरहेका छन् । त्यस्तै चन्द्रनिगाहपुर,डुमरिया ,जुडिवेलाका कृषकहरुले उन्नत जातका वंगुर ,गाई तथा खसीपालन गरीरहेको पाइएको छ । वैक ,सहकारी सस्थाहरु र विभिन्न गैर सरकारी सघ सस्थाले कृषि तथा पशु पालनका लागी सहज रुपमा क्रृण उपल्वध गराउन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । कतिपय कृषि सहकारी सस्थाहरुले स्थानिय स्तरमा नै वीउ उत्पादन गरेर खेतिका लागी आत्मनिर्भर बनाउन प्रयास गरेको पाइन्छ । परम्परागत खेति तथा पशुपालन गरेर जीविका गर्न नसकिने भन्दै आधुनिक तरिकाबाट खोर बनाई व्यवसाय थालेको उनीहरु बताँउछन् । परम्परागत खेति गदै आएका कृषकहरुलाई उत्प्रेरणा जगाउने कार्यक्रमहरु स्थानिय स्तरमा हुन थालेपछि रौतहटका कृषकलेआधुनिक प्रविधिबाट व्यवसाय शुरु गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here