उपेन्द्र गोले,१३ भदौ / रौतहटको ग्रामिण भेगमा विधुतिकरण संगै आधुनिक घट्टको प्रयोग हुन थालेका छन् । प्रविधिको विकाससँगै पानीबाट चल्ने घट्ट विस्थापित भएपनि विधुतिकरण नपुगेको स्थानमा भने अझै परम्परागत पानी घट्ट नै लोकप्रिय छन् । आधुनिक मिल नभएका स्थानमा भने सर्वसाधरणले पानी घट्टको नै प्रयोग गर्ने गरेका छन् । बढ्दो आधुनिकतासंगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि विधुतिकरण नपुगेका गाउंबस्तीमा भने घट्टको लोकप्रियता अझै छ । फापर, गहुं, मकै पिस्नका लागी स्थानीयवासीले पानी घट्टमा ल्याउने गरेपनि यसबाट गुजरा चलाउन भने मुस्किल हुने गरेको पानी घट्टका संचालकहरु बताउछन् । विद्युतीय सामानको प्रयोग बढ्दै गएपछि पानी घट्टमा आउने सर्वसाधरणको संख्या न्युन रहेको उनीहरुको भनाई छ । मकै, गहु, कोदो आधुनिक मिलमा पिधेको भन्दा पानीघट्टमा पिधेका खानमा स्वादिष्ट हुने स्थानिय राजु तिवारीले बताए । विद्युत विस्तार भएका गाउंमा आधुनिक घट्टको प्रयोग हुने क्रम बढेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराइमा इलेक्ट्रोनिक घट्ट सञ्चालनमा आएको छ । प्रबिधिको तिब्र बिकासको क्रममा पानीका मुहानहरु सुक्न थालेपछि बिद्युतबाट सञ्चालन हुने घट्ट सञ्चालनमा ल्याइएको सञ्चालक भिम बहादुर बोम्जनले जानकारी दिए । मिलमा पिसान गरिएका विभिन्न अन्नबालीका पिठोका परिकार स्वादिष्ट नहुने भएपछि बिद्युतिय घट्टमा ल्याउने गरेको पौराईका स्थानिय सुकेन्द्र गोलेको भनाइ रहेको छ । करिव २ लाख लागनी गरेर ३ महिनादेखि पानी बिना नै चल्ने बिद्युतिय घट्ट सञ्चालनमा ल्याएको संचालक बोम्जनले बताउनुभयो । उतm घट्ट संचालनमा आएदेखि प्रति दिन ५ सय रुपैया भन्दा बढि आम्दानी हुने गरेको उहाँले बताउनुभयो । नदिमा पानीका मुहानहरु सुकेको समयमा परम्परागत पानी घट्ट संचालनमा किठनाई हुने गरेकाले विधुतिय घट्ट संञ्चालन गरेको उहाँको भनाई छ । विधुतिय घट्ट संञ्चालन गरेपछि कुनै समस्या नहुने र काममा सरल र सहज हुने संचालक बोम्जनले बताए । आधुनिक जिवनशैलीमा मानिस स्वादका लागी पानी घट्टसम्म पिठो पिसानको लागी जाने गरेको पाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here