बृन्दावन २१ भदौ / रौतहटको बृन्दावन नगरपालिकाका बिश्रामपुरमा स्वतन्त्र युवा संघर्ष समिति र प्रहरी बीच शुक्रबार झडप भएको छ । स्वतन्त्र युवा संघर्ष समितिले बुझाएको ज्ञापन पत्रको सार्वजनिक सुनवाइ नगरी बृन्दावन नगरपालिकाको तेस्रे नगर सभा गरिरहेको भन्दै सो झडप भएको थियो । झडप गर्ने क्रममा स्वतन्त्र युवा संघर्ष समितिका तीन जना युवालाई प्रहरीले पक्राउ समेग गरेका थिए । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका वडा नं १ का मुकेश पटेल वडा नं ३ का दिलिप पटेल र वडा नं ६ का आशिष् राज पटेल रहेको गरुडा ईलाका प्रहरी कार्यालयले ज।नाएका छ्न । बृन्दावनमा स्वतन्त्र युवा संघर्ष गठन भए लगत्तै सो समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापनपत्रमा उल्लेख रहेका विभिन्न माग पुरा बृन्दावन नगरपालिकाको नगर परिषद गर्नु पहिला सार्वजनिक सुनुवाई हुनुपर्नेमा समितिले जोड दिएका थिए । सो नगरपालिकामा भएको अनियमिताको बिषयमा स्वतन्त्र युवा संघर्ष समितीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापालाई समेत ज्ञापन पत्र बुझाएको थियो । सो नगरपालिकामा कुनै पनि वडा र नगरपालिकाले बिगत दुई बर्षमा भएका विकास निर्माणका कामको बारेमा आम जनतालाई जानकारी नदिए आफनै मनोमानि गर्दै आएको र सो नगरपालिकामा भएको अनियमिताका खोजि गर्दा केही जनकारी नदि र प्रहरी प्रचालनगरी शुक्रबार नगर सभा सम्पन्न गरिएको युवा समितीका अध्यक्ष रमेश पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here