सतेन्द्र सिंह,२२ भदौ / भारतबाट भंसार छली लुकाई छपाई अबैध चल्ला नेपाल भित्रयाउदै गरेको क्रममा प्रहरीले पक्राउ गरेको छ । भारतको घोडासहनबाट भंसार छली अवैध रुपमा नेपाल भित्रयाउदै गरेको क्रममा भारतीय चल्ला १८०० थान ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्र ना नी कल्याण आले मगरको कमान्डमा खटिएका टोलीले शनिबार बिहान ३ बजेको क्रममा फतुवा बिजयपुर गाऊपालिका वडा नं १ घुसुकपुर सडक खण्डमा पक्राउ गरेको हो। चल्ला प्रति थान ७० को दरले १ लाख ७० हजार मुल्य बराबरसहितको चल्ला घोडासहनबाट २ वटा साईकलमा बोकी नेपाल भित्र्याई रहेको २ जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ परेका भरतको मोतीहारी जिल्ला अठमुहान वडा नं ९ का सुरज यादवको ३५ बर्षिय छोरा जिम्दार यादव तथा बनारसी यादवको ३७ बर्षिय छोरा इनरदेव यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा राखीएको छ भने पकरा परेका चल्ला पत्रकार, स्थानीय तथा इन्क्वारेनटाइमका रामानन्द झा को रोहवरमा खाल्डो पुरी नष्ट गरिएको छ । तस्करका नाईके जिमदा यादव यस भन्दा अघि पनि चल्ला लिएर पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here