चन्द्रपुर,२२ भदौ / रौतहटको चन्द्रनिगाहपुरमा स्थापना भएको कपडा बैंकमा हिजो आज कपडा लिनेको भिड लाग्न थालेको छ । गरिब, दुखी, असहाय, अपाङ तथा सडक बालबालिकालाई सहयोग गर्ने उद्देश्यले रौतहटको चन्द्रनिगाहपुरका समाजसेवी बली चौधरीको एकल प्रयासमा उक्त बैक खोलिएको हो । जुन हप्ताको सोमबार र शुक्रबार खुल्ने गर्दछ । बैङ्कमा पुराना कपडा सङ्कलन गरेर गरिब तथा निमुखाहरू जनताहरुलाई वितरण गर्ने गरेको बैंकका संचालन तथा समाजसेवी बली चौधरीले बताए । बैङ्कमा जो कोही नागरिकले आफ्ना पुराना कपडा निःशुल्क रूपमा उपलब्ध गराउन सक्ने उनी बताउँछन् । करिब १ महिना अगाडी खोलेको उक्त कपडा बैक मार्फत करिब १ हजार भन्दा बढी गरिब तथा अपाङ, असहायलाई निःशुल्क सहयोग चौधरी बताउँछन् । चन्द्रनिगाहपुरमा हरेक सोमबार र शुक्रबार हाट बजार लाग्ने गर्छ सोही बजारमा आएका बिपन्न परिवारहरुलाइ लक्षित गरे सोमबार र शुक्रबार बैक खोल्ने गरेको उनले बताए । बैक खुलेको हरेक दिन २ सय भन्दा बढी सेवाग्राही आउने गरेको उनी बताउँछन् । बैक खुलेको दिन कपडा लिनेको भिड हुन्छ,कहिले काही भिड धान्न धौ धौ पर्छ चौधरीले भने । गाउ गाउबाट बिपन्न परिवारका फाटेका लुगा लगाएर बजार आएकाहरुले फर्किदा बैकमा पसेर नया लुगा लैजाँदा आफनो मन हर्षित हुने समाजसेवी चौधरी बताँउछन् । उक्त बैक चन्द्रनिगाहपुरमा खुलेपछी कपडा पाउनेहरु पनि उत्तिकै खुशी छन । यस्तो बैंकले गर्दा आफुले फ्रिमा नया लुगा लगाउन पाएको कपडा बैंकमा कपडा लिन आएकी गुजरा नगरपालिका वाड नं. २ चोचाकी रिता देबीले बताइन् । यस बारे गाउ गाउमा गएर गरिब परिवारलाई भन्ने समेत उनी बताउँछिन् । यस्तै चन्द्रपुर नगरपालिका वाड नं. ८ बैजनाथपुरका भुनेश्वर माझीले त झन त्यही बैंकमा आएर लुगा नै फेरका छन् । लुगा फेर्दै माझी भन्छन यस्तो लुगा लगाउन पाए अरु के चाहिया । लुगा पाउने मात्रै हैन लुगा दिने समेत सो बैंक खुले पछि हर्षित छन । एक कल फोन गरेको भरमा आफनो पुरानो कपडा लिन बैंकका सञ्चालक चौधरी घरमै आएको चन्द्रपुर नगरपालिका वाड नं. ५ की सन्जु राउत बताउछिन् । घरमा आफना धेरै पुराना लुगाहरु तर राम्रा लुगाहरु बैकलाइ दिएको उनले बताइन । नच्यातिएका र लगाउन मिल्ने लुगा अलि पुरानो भएपछि फोहोरमा लगेर फ्यांक्न भन्दा बैंकलाई दिन समाजसेवी चौधरीले आग्रह गरेका छन् । गरिब जनताको माग बमोजिम कपडा पुराउन कठिन अबस्था आएको हुदा पुराना लृगा सहयोग गर्न उनले आम नगरबासीलाई आग्रह गरेका छन् । कपडा दिने दाताले आफनो बैंकसम्म कपडा ल्याउन नसकेतापनि आफुलाई एक कल फोन गरे घर मै पुगेर कपडा लिने समेत चौधरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here