सतेन्द्र सिंह ,२३ भदौ / निजामती सेवा दिवस २०७६ जिल्ला समारोह समिती रौतहटको आयोजनामा आईतवार सम्पन्न भएको छ । निजामती सेवा दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल बितरण तथा रक्तदान गरिएको छ । आईतवार विहान ७ बजे देखि सरकारी कार्यालयका प्रमुखहरुले प्ले कार्ड लिई विभिन्न नाराका साथ नगर परिक्रमा गरी बि पी चोकमा सम्पन्न भएको छ । सो कार्यक्रममा जिल्ला न्यायाधीश,प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक भुपेन्द्र खत्री, शसस्त्र प्रहरी उपरीक्षक रविराज कर्ण्जित, नेपाली सेनाका सेनानी शुजन भुपाल सिंह, राष्ट्रिय अनुसन्धानका प्रमुख अभिनय कुमार सिंह, जिल्ला ट्रेड युनियन अध्यक्ष रामाशंकर यादव तथा जिल्ला अस्पतालका मे सु डा. कृष्णा साह लगायत सुरक्षाका जवानहरु समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रसासन कार्यालयका नासु नरेश साहले बताए दिवसको अवसरमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी समेत ११जनाले जिल्ला अस्पतालमा रक्तदान जिवन दान हो भने आशा र विश्वासका साथ रक्तदान गरेको लालवावु यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here