चन्द्रपुर,२४ भदौ / रौतहटको चन्द्रनिगाहपुरमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको छ । यसैको पछिल्लो उदाहरण हो,सोमबारबाट सन्चालनमा ल्याइएकोे स्तरिय “अमन” होटल । तीन करोड रुपैया लागतमा अत्याधुनिक सुविधासम्पन्न यस होटलको सोमबार होटल ब्यवसायी महासंघ,रौतहटका अध्यक्ष देवेन्द्र अर्यालले उदघाटन गरे । जिल्लामा स्तरिय होटलको संख्या दर्जन नाघेको छ । पहिले लोकमार्गमा खाना खाने थलोका रुपमा रहेको यहा अहिले ठुलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पछिल्ला वर्षमा यहा स्तरिय होटल थपिँदै गएका छन् । यस क्षेत्रमा फाइदा देखिएपछि स्थानीय र बाहिरका लगानीकर्ता हौसिएर सुविधासम्पन्न स्तरिय होटलमा हात हालेका हुन । चन्द्रनिगाहपुरमा सेजको संभाब्यता अध्ययन भएको, बहुचर्चित राष्ट्रिय गौरवको निजगढ काठमाडौं द्रुतमार्ग आयोजना र निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण चरणमा भएकाले यहाँ सुविधासम्पन्न ठुला स्तरीय होटल खोल्न प्रतिष्पर्धा चलेको छ । अहिले चन्द्रपुरमा ब्यवसाय फस्टाउदै गएको छ । प्रदेश नम्वर दुईमै सवैभन्दा बढि होटल ब्यवसाय चलेको स्थानमा चन्द्रनिगाहपुर संभवत पहिलो ठाउ पर्न जाने होटल ब्यावसायी संघ रौतहट अध्यक्ष देबेन्द्र अर्यालले बताए । उहांका अनुसार,यहां अहिले साना तथा ठुला स्तरियसहित एकसय भन्दा बढि होटल सन्चालनमा छन् । यातायात र सुरक्षाका हिसावले प्रदेशमै सहज र सुरक्षित मानिन्छ,यहा । लगानीकर्ताले यस ब्यवसाय शुरु गर्न थालेपछि यहा होटल व्यवसाय फस्टाउदै गएको हो । पुर्वपश्चिम लोकमार्ग क्षेत्रमै चन्द्रनिगाहपुर होटल लाइनको हब बन्दै गएको छ । प्रदेश दुईको अस्थाइ राजधानी जनकपुर,प्रदेश तीनको अस्थायी राजधानी हेटौंडा र नेपालकै प्रमुख भन्सार नाका वीरगन्जदेखि ७० किलोमिटरको दुरीमा मध्यभागमा रहेको यहा लामो दुरीमा यात्रा गर्ने यात्रुहरु खाना र रातमा विश्राम गर्न आउने गर्छन । ग्राहकको बढ्दो चाप धान्न सबै स्तरका होटल खोल्ने क्रम बढेको होटल व्यवसायी महाँसंघ रौतहटका अध्यक्ष अर्यालले बताए । ब्यवसायीले पैसामा भन्दा पाहुना र पर्यटकलाई सुविधा र गुणस्तरिया सेवा प्रवाह गर्नुपर्ने उनले बताए । यहँ सन्चालित होटलमा अर्बाै रकम लगानी भएको अध्यक्ष अर्यालको अनुमान छ । होटलबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संयौ जनालाई रोजगारी मिलेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here