चन्द्रपुर,२४ भदौ / सम्बन्धीत निकाय मौन बसेको बेला डेंगु नियन्त्रणका लागि स्थानीय युवाले आवाज उठाउन थालेका छन् । एडीस एजिप्टाई जातको पोथी मच्छर बाट लाग्ने डेगु रोग चन्द्रपुर नगरपालिकामा देखा परेपछि नियन्त्रणको लागि युबाहरुको समुहले माग राखेका छन । चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरी र स्वास्थ्य संयोजक अभय ठाकुर समक्ष युबा नेता तथा समाजसेबी राजु धामीको नेतृत्वको टोलिले डेंगुरोग लाग्न नदिन नियन्त्रणको उपाय खोज्न नगरपालिकाका उपप्रमुख चौधरी र स्वास्थ्य संयोजक ठाकुर समक्ष माग राखेका छन ।
उनीहरुले लामखुट्टे मार्न स्प्रेयको प्रयोग गर्नु पर्नेमा अहिले सम्म त्यसो हुन नसकेकाले सो काम तत्काल गर्न नगरपालिका संग जोडदार माग राखेका छन् । रौतहटको चन्द्रपुर नगरक्षेत्रमा डेगु रोग देखापरेको भएपनि नगरपालिकाले नियन्त्रणमा चासो नदिएको धामीको भनाइ छ । डेगु रोग लाग्दैमा नआत्तिन चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डाक्टर अभिनन्नदन श्रीबास्तबले आग्रह गरेका छन । स्थानीयमा भने त्रासको बाताबरण बनेका कारण आफुहरुले नगरपालिकाको ध्यानाकर्षण गराएको धामीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here