चन्द्रपुर,२५ भदौ / मकाउ पठाइ दिने भनी ठगी गरी दुई महिनादेखि फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका ३ घर भइ काठमाडौं महानगरपालिका(५ बस्ने विनोद बस्नेत(विनोदमणि) भनिने ४२ वर्षीय राजु केसी रहेका छन् । केसीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउंसो काठमाडौंको हाडीगाउबाट पक्राउ गरेको हो । उनले आकर्षक तलवमा मकाउ पठाइदिने भन्दै प्रलोभनमा पारी ६ जनाबाट पटक(पटक गरी १९ लाख १० हजार रुपैयाँ लिएर गत जेठ महिनादेखि फरार भएको अपराध महाशाखाले बताएको छ । ठगिएका गोरखा पालुङटार नगरपालिका-८ का रामशरण इरालासहित ६ जनाले जेठ १४ गते संयुक्त जाहेरी दिएपछि महाशाखाको टोलीले केसीलाई पक्राउ गरी अनुसन्धान थालेको हो । केसीबाट फरकफरक नाममा रहेकान दुईवटा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको महाशाखाले जानकारी दिएको छ । बिभिन्न नाममा ठगि गर्दे हिडने केसी चन्द्रपुरको जुडिबेलाका स्थायी बासिन्दा हुन् । उनले चन्द्रपुर क्षेत्रका कयौको बक्यौता तिर्न बाकी रहेको स्थानीयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here