गौर,२५ भदौ / जिल्लामा जनताबाट निर्वाचित जनप्रतिनिधिनै आफ्नै जनता पिटदै हिडन थालेका छन् । रौतहटको यमुनामाई गाऊपालिका वडा नं ३ का अध्यक्षले काम लिएर कार्यालयमा आएका एकजना सेवाग्राहीलाई चप्पलले प्रहार गरेका छन् । यमुनामाई गाऊपालिका वडा नं ३ का बिजय साहको २० बर्षिय छोरा रुपेश साहले मंगलवार बिहान ११ बजेको समयमा आफ्नो जग्गाको मोही लगत कट्टावारे निवेदनमा हस्ताक्षर गराउन जादा वडा अध्यक्ष शेख अलियासकाले समान्य बिवाद हुदा चप्पल प्रहार गरेका थिए । वडाअध्यक्ष साहको घरमै पुगेका सेवाग्राही साहकलाई वडाअध्यक्ष शेख अलियासले चप्पलले हानेको पिडित साहले बताएका छन् । हस्ताक्षरवारे शेखलाई आफ्नो कुरा भन्दाभन्दै अध्यक्ष शेखले एक्कासि आमाचाकरी गाली गरी धाक्धम्की दिदै साहलाई चप्पलले हिर्काएको स्थानीयले बताए । साह माथी चप्पल प्रहार भएको सुनेपछि स्थानीय आक्रोशित भएर गाउपालिकाको कार्यालयमा पुगेका थिए । वडाअध्यक्षको चप्पल प्रहारबाट सहित कुटाई खाएका साह ले न्याय माग्दै प्रहरी चौकी सुकदेव चोकमा उजुरी दिएका छन् । केही दिन पहिला वडाअध्यक्ष शेखले आफ्नो ईटा भट्टामा कामदारलाई कुटपिट गरेका थिए । सो समयमा पिडितसंग सामुहिक रुपमा माफी मागेका शेखले मंगलबार काम लिएर आफ्नै घर पुगेका सेवाग्राहीलाई कुटपिट गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here