चन्द्रपुर,२९ भदौ /
काठमाण्डौमा सम्पन्न खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा रौतहटका दुईजना खेलाडीले रजत पदक हात पारेका छन् । रौतहटको चन्द्रपुर ४ की सुजिता दर्लामी मगरले ४५ किलो तौल समुहमा रजत पदक हात पारेकी छन् भने चन्द्रपुर ३ गैडाटार डोजोकी दिक्षा लामाले ४० किलो तौल समुहमा रजत पदक हात पारेका हुन् ।
काठमाण्डौको अनामनगरका शुक्रबार देखी सुरु भएर शनिबार सम्पन्न प्रतियोगितामा सहभागिता जनाउन रौतहटका ५ जना खेलाडी गएको नेपाल सितोरियो करांते संघ रौतहटका अर्जुन पहाडीले जनाकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here