ओम किशोर चौधरी
काठमाण्डौ,२९ भदौ । नेपाली चलचित्र वीर बहादुर दंग पर्छको गीतको रेकर्डिङ सम्पन्न भएको छ । उक्त चलचित्रको कान्छी माया हे बोलको गीत शुक्रबार स्टुडियो साउण्ड डिजाइनमा रेकर्डिंग भएको हो ।
निर्देशक ऋषी न्यौपानेको निर्देशनमा बन्दै गरेको उक्त चलचित्रको गीत कान्छी माया हे मा गायक सुर्य कमल राईको स्वर, विकाश चौधरीको संगीत रहेको छ भने गीतको मिक्स मास्टरमा भोला पौडेल रहेका छन् । चलचित्र वीर बहादुर दंग पर्छको ७५ प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक न्यौपानेले तराई एक्सप्रेसलाई बताए ।
यता ११ वर्ष देखि संगीत क्षेत्रमा संघर्षरत राईको चलचित्रमा पहिलो पाशर्व गायन रहेको छ । चलचित्रको गीतमा पहिलो पटक स्वर दिइएको भए पनि आफुले सो गीतलाई न्याय गरेको र यसबाट चलचित्र युनिट खुशी भएको संगीतकार विकाश चौधरी बताए ।
यो भन्दा पहिले राईले आफ्नो २ ओटा सोलो एल्वम चिराग र च्याट बजार ल्याई सकेका छन् भने नेपाली, भोजपुरी गीतमा समेत संगीत र स्वर दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here