गरुडा,३ असोज / रौतहट प्रहरीले मदिराका साना साना ग्यालीनवाला मात्र पक्राउ गर्ने गरेको र ठुला भट्टी संचालकसंग मिलेमतो गर्ने गरेको गुनासो बढदै जान थालेको छ । रौतहट प्रहरीले देखाउने काममा लोकल मदिरा बरामद र कुखुराको चल्ला रहेको छ । सानो मात्रामा चन्द्रनिगाहपुरबाट गौर ,गरुडा जाने मदिरा बरामद गरेर नष्टगर्ने रौतहट प्रहरीले जिल्लाको बिभिन्न स्थानमा संचालनमा रहेका ठुला भट्टी संचालकलाई कार्वाही नगरेको गुनासो बढदै जान थालेको छ । जिल्लाका बिभिन्न स्थानमा रहेका प्रहरी चौकीकै मिलेमतोमा ठुला रक्सी भट्टी संचालनमा रहेको भएपनि त्यस तर्फ प्रहरीको ध्यान जान सकेको छैन् । जिल्ला प्रहरी कार्यालय गौरका घुमुवा प्रहरी तथा र प्रहरीकै मिलेमतोमा फतुआ बिजयपुर,गुजरा र कटहरिया नगरक्षेत्र ठुला भट्टी संचालनमा रहेको स्थानीयले बताए । गुजरा नगरपालिकाको पोखरभिण्डा थारुटोलमा हाल आधादर्जन रक्सी भठी सञ्चालनमा रहेको स्थानीयको भनाइ रहेको । प्रहरीचौकी हरीनगर पोखरभिण्डाका असई सुरेश कुमार थापाको मिलोमतोमा पोखरभिण्डा थारुटोलमा आधादर्जन अबैध रक्सी भट्टी सञ्चालनमा रहेको स्थानीयको भनाइ रहेको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक एकवाल हवारीको मिलोमतोमा लक्षमिनिया,बुनियाद लगायतका स्थानमा आधादर्जन रक्सीभट्टी निर्वाध सञ्चालनमा रहेको स्थानीय कृष्ण तिवारीले बताए । ईलाका प्रहरी कार्यालय गरुडाको मिलोमतोमा कटहरिया ९ र गुजराको सिमानामा रहेको डुमरिया स्थित बैजुबाबा डिस्टीलरी छेउ तरहारी खोलाको किनारमा सम्भु जयसवाल चार दाजुु भाईको अबैधरक्सी भट्टी सञ्चालनमा रहेको छ । जिल्लाबाट प्रहरी टोली त्यहा पुग्नु अघिनै स्थानिय प्रहरीले भट्टी सञ्चालकहरुलाई खबर गरेर सामान लुकाउन लगाउने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here