????????????????????????????????????

चन्द्रपुर,४ असोज / रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार विहान बृहद र्याली सहित संविधान दिवस मनाइएको छ । ३ दिने संविधान दिवस मनाउन परिपत्र भए बमोजिम चन्द्रपुर नगरपालिको आयोजनामा हजारौको संख्यामा ब्यानर र नेपालको झन्डा सहित प्रभातफेरीको आयोजना गरि हर्षाेल्लासपुर्वक संविधान दिवस मनाईको हो । चन्द्रपुर नगरपालिकाको प्रागंणबाट निस्केको प्रभातफेरी पुर्वपश्चिम लोकमार्गको परिक्रमा गरी चोकमा आएर कोणसभामा परिणत गरि सम्पन्न गरिएको थियो । प्रभातफेरी कार्यक्रममा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी ,नीजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी,कराँते तथा फुटबल संघका पदाधिकारी र खेलाडी,वित्तिय संस्थाका कर्मचारी,जनप्रतिनिधि,विभिन्न राजनीतिक दल तथा नागरिक समाजका अगुवा, सुरक्षा निकायका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रमपछि आयोजित कोणसभालाई संवोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नेपालको अहिलेको संविधान जनताको ठुलो त्याग र तपस्याका कारणले आएकाले सरकारको निर्णयसंगै नेपाली जनताको जितको सम्झनास्वरुप संविधान दिवस मनाउन पाएको चर्चा गर्नुभयो । ३ दिने संविधान दिवस मनाउने कार्यक्रम अन्तर्गत गत विहिबार फोहरमैला ब्यवस्थापन,दिप प्रज्वलन गरिएको थियो भने शुक्रबार विहान प्रभातफेरी र सांझ दिप प्रज्वलन कार्यक्रम गरिएका थिए । समापन भने शनिबार विहान आठ बजे चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र वित्तिय तथा संचार क्षेत्रसहितका अन्यबीच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सन्चालन गरि यसवर्षको संविधान दिवस मनाइने भएको चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here