ओम प्रकाश यादव,४ असोज / रौतहटको मलाहिटोल माधोपुर सडकखण्ड कालोपत्रे ९पिच० हुने भएको छ । जिल्लाको पुर्वि भेग स्थित रहेको गढिमाई नगरपालिकाको मलाहिटोल बजारदेखी माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरसम्मको बाटोलाई सरकारले फराकिलो बनाउने र कालोपत्रे गर्ने प्रस्ताव गरेको हो । रास्टिूय ग्रामिण यातायात सुद्रिढिकरण कार्यक्रम अन्तर्गत सरकारले यस अघि ३७ जिल्लाका विकट र ग्रामिण क्षेत्रका सा साना कच्ची सडकहरु बनाउँदै आएको अवस्थामा यस वर्षदेखी ७७ औ जिल्लाका ग्रामिण क्षेत्रका सडकहरुलाई बनाउने योजना ल्याएको छ । सरकारले ल्याएको योजनामा रौतहटको मलाहिटोल देखी माधोपुरसम्मको सडक छनौट भएको पुर्वाधार कार्यालय रौतहटले जनाएको छ । दशकौदेखी मर्मत सम्भारको अभावमा मलाहिटोल माधोपुर सडकखण्ड जिर्ण हुंदै गएको स्थानीयहरुबाट व्यापक गुनासो आएपछि ति सडकलाई नै फराकिलो बनाउन र कलोपत्रे गर्नको लागि छनौट गरिएको पुर्वाधार कार्यालय गौरका प्रमुख शिवजी यादवले बताएका छन । मलाहिटोल देखी विरनगरा हुदै माधोपुर उतरवारी टोलसम्मको जम्मा सात किलोमिटर बाटोलाई सरकारले कालोपत्रे गर्ने प्रस्तावगरेपछि ति सडक अब कालोपत्रे हुने भएपछि जोखिमपुर्ण यात्रा गर्दैआएका स्थानीयहरु हर्षित भएका छन ।
उक्त सडकखण्डलाई ५२ फिट चौडा गरी कालोपत्रे गर्ने सरकारको योजना रहेको प्रमुख यादवले बताए । सरकारले यसै चालु अर्थिक वर्ष २०७६÷७७ देखी माधोपुर भठीगाछी देखी मलाहिटोल बजारसम्मको बाटोलाई फराकिलो बनाउने र कालोपत्रे गर्ने काम शुरु गर्ने योजना अगाडि बढाएको उहाँले बताए । दशकौ देखी खराव अवस्थामा रहेको माधोपुर मलाहिटोल सडकको दुराआवस्था देखेर बल्ल यस वर्ष सरकारको ध्यान त्यस तर्फ गएको हो । मलाहिटोलदेखी माधोपुरसम्मको बाटो ठाउँ ठाउंमा विग्रेको, खाल्डाखुल्डी भएको कारणले ति बाटो भएर आवत जावत गर्न सर्वसाधारणलाई ठुलो कठिनाई हुँदै आएको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजिव यादवले बताएका छन । ति बाटो फराकिलो र कालोपत्रे भए माधोपुरबाट लाहिटोल र गरुडा आउन जान सवारी साधनबाट ८,९ मिनेट मात्रै लाग्ने छ । उक्त बाटो मर्मत सम्भार भएर पिच भएपछि फुलवरीया, गढो, पिप्रा रजवाडा, सिंगरमन धर्मपुर लगाएत एक दर्जनभन्दा बढी गाउको मानिसहरु प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष राजिव यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here