चन्द्रपुर,१६ असोज / बाल बालिकालाई दशै“, तिहार तथा छठको बारेमा ज्ञान दिदै चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको बाल निकेतन मा.वि.ले विद्यार्थीहरुलाई टिका लगाउने कार्यक्रमको आयोजना गरेको छ । दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन बुधबार समाजका विभिन्न सामाजिक व्यक्तित्वहरुको हातबाट विद्यार्थीहरुलाई टिका लगाइएको थियो । बुधबारदेखि विद्यालय छठसम्म विदा हुने हुंदा विद्यार्थीहरुलाई चाडपर्वको महत्व र यसको सास्कृतिक पक्षहरुको बारेमा जानकारी दिन यो टिका लगाउने कार्यक्रम राखिएको विद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीले जानकारी दिनुभयो । उहांले विद्यार्थीहरुलाई सानै उमेरबाट आफ्नो मौलिक सस्कृतिको बारेमा जानकारी गराउनाले सस्कृतिको संरक्षण र विकासमा टेवा पुग्ने विश्वास गर्नुभयो ।
बालबालिकाहरुलाई चन्द्रपुर नगरपालिकाकी उप–प्रमुख रामरत्ती चौधरी, नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष रमेश तिमल्सिना, वरिष्ठ संचारकर्मी फणी महत, नेपाली सेना अमरदल गुल्म चन्द्रनिगाहपुरका क्याप्टेन ललित चन्द लगायत विद्यालयका शिक्षकहरुले टिक लगाउदै आर्शिवाद दिनुभएको थियो । दशंैमा आफ्ना आफन्तको हातबाट सदैव टिका लगाउने गरेकोमा यसपाली विद्यालयमा शिक्षक तथा अग्रजहरुको हातबाट टिका आर्शिवाद थाप्न पाउदा निकै खुसी लागेको कक्षा ६ का छात्र कौशल धितालले बताउनुभयो । उहांले सबै साथीहरु एक ठाउमा जम्मा भएर टिका लाउदा रमाइलो भएको भन्दै यसबाट आफ्ना संस्कृतिको बारेमा धेरै कुराहरु सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कक्षा ७ मा अध्ययनरत छात्रा इजा न्यौपानेले विद्यालयमा सबै साथीहरुको साथमा सामुहिक रुपमा टिका लगाउदा अरुबेलाभन्दा बेग्लै अनुभव भएको भन्दै सबैजना समान रुपमा टिका लगाउदा आपसी मेलमिलाप पनि बढ्ने र संस्कृति पनि जोगिने बताउँनुभयो । विद्यार्थीहरुलाई सामुहिक टिका लगाएर सबै विद्यार्थीहरु समान रहेको सन्देश दिन विद्यालयले कोसिश गरेको विद्यालयका सामाजिक शिक्षक श्याम कार्कीले बताउनुभयो । बालबालिकाहरुलाई हामीले मान्ने प्रमुख चाडहरु दशै, तिहार तथा छठको महत्व बारे जानकारी दिदैँ यसलाई कसरी सभ्य तथा मौलिक ढंगबाट मनाउने भनेर जानकारी पनि दिएको बताउँदै कार्कीले समाजका अग्रज सामाजिक व्यक्तित्वहरुबाट आर्शिवाद दिलाउँदा विद्याथीहरुले प्रेरणा पाउने र केही नयाँ कुराहरु सिक्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here