रौतहट २० असोज / रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका वडा २ स्थित गएराती एकघरमा आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परेर घरभित्र रहेको तिनवटा भैँसी र ६वटा बाख्राको घटनास्थलमै मृत्युु भएको छ । राजपुर २ फतुुआटोलका रामबिश्वास मुखियाको खरको छाना रहेको घरमा शनिवार राती ९ बजे बिधुत सर्ट भई आगलागी भएको थियो । आगलागी बाट घरमा रहेको तिनवटा भैँसी,६वटा बाख्रा जलेर मृत्युुहुुनुका साथै घरमा रहेको अन्नपात,लता कपडा र घर समेत पुर्णरुपमा जलेर ५ लाख बराबरको क्षती भएको प्रहरी नायव निरिक्षक सई दिपक गुुप्ताले बताएका छन । ईलाका प्रहरी कार्यालय राजपुर बाट सई गुुप्ताको नेतृत्वमा गएको टोली र स्थानियको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।पिडित मुखिया बिप्पन परिवारका रहेकाले एउटै घरमा पशुु चौपाया बाँध्नुु देखी सपरिवार बस्दैआएको प्रहरीले जनाएको छ । हिन्दुुहरुको महानपर्व दशै तिहारको समय घरमा भएको आगलागीका कारण बिप्पन रामबिश्वास मुुखियाको परिवार बिच्चलीमा परेका छन । घरै जलेपछी उनीहरु अन्य छिमेकीको घरमा शरण लिन बाध्य भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here