रुपेन्द्र पटेल ,२६ असोज / दसैंका बेला जिल्लाको बिभिन्न क्षेत्रको राष्ट्रिय वनका काचो सालको काठको चोरी तस्करी बढेको स्थानीयले बताए । जिल्लाको चोचा सव डिभिजन वन कार्यालय मातहतको वनबाट वन कर्मचारीकै मिलेमतोमा काचा सालका काठ दिउसै चोरी तस्करी भएको स्थानीयले जानकारी दिएका छन् । चोचा सव डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय फर्निचर संचालकसंग दसैं खर्च मागेर चोरीका काठ बाट फर्निचर बनाउन छुट दिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । सो कार्यालयका जम्दार शोनेलाल आफैं फर्निचर संचालकसंग दसैं खर्च उठाउन सक्रिय भएको र आफुले पैसा दिएपछि त्यसकै हिसावमा फर्निचर संचालकले काठ चोर लगाएर जंगलबाट काचा सालका रुख काटन लगाएको एक स्थानीय बासिन्दाले बताए । यता मैरा वन कार्यालयका निमित्त प्रमुख बिमल साहकै मिलेमतोमा सो क्षेत्रमा रहेका काचा सालका रुख काटिएको स्थानीय बासिन्दा केशब शर्माले बताए । साहकै मिलेमतो सो स्थानमा भएको बिरुवा उत्पादनमा समेत आर्थिक अनियमिता भएको स्थानीयको भनाइ रहेको छ । उता जिल्लाको बलेरीको घना वनबाट वन कर्मचारीकै मिलेमतोमा काचा सालका रुख काटिएको स्थानीयले जानकारी दिएका छन् । बृन्दावन ईलाका वन कार्यालयका कर्मचारीकै मिलेमतोमा बलेरीका काठ तस्करको समुह दिउसै जंगलमा गएर काचा सालका रुख काटेर गाउमा ल्याएर कडी तथा फल्ली बनाएर बिक्रि बितरण गर्ने गरेको स्थानीय बासिन्दा पुनित रामले बताए । जिल्लाका बिभिन्न स्थानमा दसैंका बेला भएको ब्यापक वन फडानीको बिषयमा डिभिजन वन कार्यालय रौतहट बेखर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here