गौर,२६ असोज / दिपावली आउनु अगाडीबाटै जिल्लाका बिभिन्न नाकाबाट पटका भित्रन थालेको छ । रौतहट स्थित सशस्त्र प्रहरीले प्रतिबन्धित पटाका बरामद गरेको हो । सिमा क्षेत्रसँग जोडिएको शसस्त्र वेश क्याम्प बंकुलले फलफुल भित्र लुकाएर भित्रयाउन लागेको प्रतिबन्धित पटाका बरामद गरेको सशस्त्र प्रहरीले बताएको छ । भारतीय बजार घोडासाहनबाट बी आर ०५ ए सी ३७३९ नम्बरको प्लाटिना मोटरसाइकलमा स्याउ र अनार भित्र लुकाएर ल्याएको पटाका बरामद भएको हो । शंका लागेर खोलेर चेक जाच गर्दा एक सय पाकेट नागिन पटका, केहि आलुबम र केहि फुलझरी बरामद भएको सशस्त्र वेश क्याम्प बंकुलका प्रमुख प्रहरी निरीक्षक दिप नरसिंह राईले बताए । पटकासंगै बरामद भएको ५३ किलो स्याउ र ३९ किलो अनर ,मोटरसाइकल आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here