गौर,२६ असोज । रौतहट क्षेत्र नं २ का सांसद तथा पुर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेका छन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा प्रहरीले आलमलाई पक्राउ गरेको हो ।
चन्द्रनिगाहपुरको गौर सडक खण्डको शेख ईद्रिस गेटबाट आलम पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहट र काठमाडौंबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । २०६४ मा भएको बम काण्डको बिषयमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here