कटहरिया ,कार्तिक १ / रौतहटको कटहरियामा सञ्चालित २९० घण्टे सिलाई कटाई तालिम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आर्थिक सहयोगमा दलित सामुदायिक विकास केन्द्र राजपुर नगरपालिका ४ ले सञ्चालन गरेको सिलाई कटाई तालिम सम्पन्न भएको हो । तालिमलाई कटहरिया स्थित तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठानमा एक भव्य कार्यक्रम गरी समापन गरिएको छ । कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहाको प्रमुख आतिथ्य र आयोजक संस्था विकास केन्दका अध्यक्ष उदयनारायण रामको अध्यक्षतामा भएको कार्यक्रममा तालिमलाई सम्मापन गरिएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर कुश्वाहाले २९० घण्टे तालिमबाट सहभागि ८० जना महिला तथा दिदी बहिनीहरु स्वरोजगार बनेको दावी गरेका छन । नगरपालिकाको तर्फबाट महिलाहरुलाई निशुल्क दिईएको शिपमुलक तालिमबाट ८० जनांं महिला दिदी बहिनीहरु बेरोजगारबाट स्वरोजगार बनेको र अब उनिहरुलाई घर व्यवहार चलाउन कुनै समस्या नहुने मेयर कुश्वाहाले बताएका थिए । कार्यक्रममा कटहरिया नगर प्रमुख कुश्वाहाले तालिम लिई दक्ष बनेका सबै महिला दिदी बहिनीहरुलाई आउदो आर्थिक वर्षको बजेटमा सिलाई मेसिन खरिद गर्नको लागि पांच पांच हजार रुपैया सहयोग गर्ने घोष्णा गरेका हुन । आफुहरुलाई निशुल्क रुपमा शिपमुलक तालिम दिएर दक्ष बनाएको र बेरोजगारी अन्त्य गरेको भन्दै खुसी हुदै महिलाहरुले मेयर कुश्वाहा र आयोजक संस्थाका अध्यक्ष रामलाई फुलको माला लगाएर स्वागद गर्दै धन्यावाद ज्ञापन गरेकी थिईन । तालिममा प्रशिक्षक सिन्दु साह लगाएतले महिलाहरुलाई महिलाहरुको सम्पूर्ण कपडा सिलाई कटाईको बारेमा सिकाएकी थिईन ।
तालिम सम्मापन समारोहमा आयोजक संस्थाले सहभागि सबै महिलाहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको अध्यक्ष रामले बताए । कार्यक्रममा कटहरिया नगरपालिकाकी उपमेयर नुरजहा खातुनका श्रीमान तथा समाजसेवी नश्रुदिन अंसारी, कटहरिया नगर कार्यपालिका सदस्य राम प्रवेस साह सोनार, वडा अध्यक्ष हरिभजन साह लगाएतका व्यक्तिहरु अतिथिको आसन ग्रहण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here