ओम प्रकाश यादव ५ कार्तिक / रौतहट । समाजवादी पार्टी नेपालको युवा नेता राजकुमार दास तत्माले नेकपा र कांग्रेसका कारण रौतहट जिल्ला मानव सूचकांकमा सबभन्द पुछारमा परेको आरोप लगाएका छन ।दशक भन्दा बढी दिन देखी देशको नेतृत्व गर्दै आएका एमाले र माओवादी मिलेर बनेको नेकपा र कांग्रेसले शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा तराई मधेशमा लगानी गर्न नसकेका कारण रौतहट मानव सूचकांकमा देशमै पछि परेको नेता दासले बताएका हुन ।
रौतहटको वृन्दावन नगरपालिकाको माध्यमिक विद्यालय विश्रामपुरमा आज भएको साईकल वितरण कार्यक्रममा बोल्दै नेता दासले नेकपा र कांग्रेस सतामा गएको बेला शिक्षामा प्रयाप्त मात्रामा लगानी गर्न नसक्दा रौतहट आज शिक्षामा पछि परेको बताए । दुवैपार्टीको मधेशीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको हुनाले तराई मधेशमा शिक्षामा लगानी गर्न नसकेको औल्याएका हुन ।
मधेश आन्दोलनका चर्चित आन्दोलनकारी रहेका समाजवादीका नेता दासले सरकार शिक्षामा यहाँ प्रयाप्त मात्रामा लगानी गर्न सके पुछारमा रहेको रौतहट जिल्लालाई माथी उक्लीन अलिकति पनि समय नलाग्ने टिप्पणी गर्नुभयो । वर्षौदेखी देशमा राज्य सञ्चालन गर्दै आएका नेकपा र कांग्रेसले अहिलेसम्म मधेशलाई प्रारमभिक शिक्षा दिनबाट बञ्चित राखेको नेता दासले बताए ।
हालसम्म विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी नदिनु, विद्यालयको भौतिक संरचना निर्माण गर्न नसक्नुले मधेशीलाई दमन शोशन गर्नु नेकपा र कांग्रेसको नियत रहेको उहाँले बताउनुभयो । रकारले उपेक्षा गरेकै कारण प्रदेश २ का सरकारले अहिले शिक्षालाई पहिलो प्राथमिकता दिदै बेटि बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरेको समेत उहाँले बताउनुभयो ।
यस भन्दा अघि र अहिलेको वर्तमान सरकारको मधेशीलाई दमन शोषन गर्ने रबैयाका कारण लालबाबु राउत नेतृत्वको सरकारले अगामि दिनमा आफनै शिक्षा एन ल्याएर शिक्षामा लगानी गरी सबैलाई शिक्षाको पहुचमा ल्याउनु पर्ने आवश्यक्ता रहेको समाजवादीका नेता राजकुमार दासले बताउनुभयो । नेता दासले संघिय वा प्रदेश सरकारले आउँदा दिनमा प्रदेश २ मा विद्यालयको भौतिक संरचना निर्माण, विधार्थीको अनुपाताको आधारमा शिक्षकको दरबन्दी, शिक्षकको उचित पारिश्रमिक र योग्य शिक्षकलाई नियुक्त गर्न सके मात्रै मधेशको विकास हुने धारण राख्नुभयो ।
त्यास्तै प्रदेश २ सरकारले अगामि दिनमा १० कठा भन्दा कम खेत भएका न्युन वर्गका प्रति किसानलाई १० हजारको दरले खाता खोल्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का विकास मितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबुले मावि विश्रामपुरका ४० जना छात्राहरुलाई साइकल वितरण गरेका छन । मुख्यमन्त्रीको बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा पढने छात्राहरुलाई उक्त साइकल वितरण गरिएको प्रदेश सांसद फुलबाबुले बताउनुभयो । मावि विश्रामपुरको प्रांगनमा आयोजित कार्यक्रममा अर्का प्रदेश सांसद धनलाल ठोकर, वृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादव, नेता कौशर खान मिथिला, शेख खुर्सैद आलम लगाएतका नेताहरुको ृउपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here