रौतहट,१० कार्तिक । रौतहटको फतुआ बिजयपुर नगरपालिकाकी उपमेयर कान्ती देवी महतोले कांग्रेसका नेताहरुको कारण नगरपालिकामा भ्रष्टाचार बढदैगएको बताएकी छिन् ।
फतुआ बिजयपुर नगरपालिकाको रकममा कांग्रेसका पुर्व सांसद जितेन्द्र यादव देखी उनका आसपासेहरु सबै रजाई गरीरहेको उपमेयर महतोले दावी गरिन ।
शनिवार कटहरियामा दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपमेयर महतोले नगरपालिकाद्धारा खरिद गरीएको दुईवटा गाडीमध्ये एउटामा मेयर गोपाल यादव चढने र अर्को गाडीमा पुर्व सांसद जितेन्द्र यादव,उनका भाई ज्ञानन्द्र यादव र अरु नाता गोताका मानिसहरु चढदैआएको बताईन ।
नगरको पैसा पटक पटक दुई आर्थिक बर्षमा खरीद भएको दुईवटा गाडी र तिनवटा मोटरसाईकल कब्जागरी आफै र आफना नाता गोताका लाई चढन दिने अन्य कुनै जनप्रतिनिधी लाई वास्ता नै नगर्ने उनको आरोप रहेको छ ।
मेयर गोपाल यादव नगरपालिकाको रकम आफनो मनमानी ढंगले दुरुपयोग गर्दैआएको बताउदै , जनताको आँखामा छारो हाल्न नेकपाको बहुमतले काम गर्न नदिएको भनी पटक पटक बहाना बनाउदैआएको उनको भनाइ छ ।
मेयर र उनका गलत सलाहकारको कारण फतुआ बिजयपुरमा हालसम्म नगरसभा हुन नसकेकाले सबै विकास निर्माणका काम ठप्प हुनुका साथै बृद्ध,बालबालिकाले भता,शिक्षक,कर्मचारीले तलब समेत पाउन नसकेको उपमेयर महतोको भनाई रहेको छ ।
आफु पनी माओबादी सहीद परिवार बाटै आएको बताउदै महतोले अन्य शहिद परिवारलाई म आफनो तर्फ बाट तथा पार्टीले सकेजती समय समयमा सहयोग गरीरहेकै अवस्थामा केही कांग्रेसी नेताहरु शहिद पत्नी लाई उल्टा सिधा सिकाएर महलिाको अपमान गर्ने कोसिस गरीरहेको आरोप लगाइन ।
आउदा दिनमा त्यस्तो काम गरेको पाईएमा महिलालाई अपमान गर्ने जो सुकै नेतालाई न छोडने महतोले चेतावनी दिइन ।
फतुआ बिजयपुर नगरपालिकामा उपमेयर तत्कालिन माओबादीको टिकटमा निर्वाचित भएकी थिईन भने मेयर गोपाल प्रसाद यादव नेपाली कांग्रेसको टिकट बाट निर्वाचित भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here