अशोक पहाडी
रौतहट,११ कार्तिक । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ,भने दिपावलीका लागि बालिएको दियोबाट ६ स्थानमा आगलागी भएको छ ।
दिवालीमा वत्ति बाल्न बिद्युत जडान गर्ने क्रममा कटहरिया नपा १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ । चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्वीच जोडने क्रममा आईतवार महरालाई करेन्ट लागेको हो ।
गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लत्ताकपडा गरी दुई लाख रुपैया बराबरको क्षती भएको छ ।
त्यस्तै बौधीमाई नगरपालिका वडानम्बर ६ का बिन्दाराय यादवको घर आगलागी हुदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुदा ४० हजार बराबर क्षति भएको छ ।
मौलापुर नपा १ का बसन्त बैठाको कच्ची घरमा आगलागी हुदा १ लाख ४० हजार, वडानम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुंदा ५० हजार रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आइतबारै दुर्गाभगवती गापा ५ का लखिचन्द साहको ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here