अशोक पहाडी
रौतहट,११ कार्तिक । चाडवाडका बेलामा समेत रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसालाई दिनुपर्ने बक्यौता रकम नदिएको किसानहरुले बताएकाछन् ।
गरुडामा रहेको श्रीराम सुगर मिलले किसानको भुक्तानी नदिएपछि किसानहरु मारमा परेका छन् । हिन्दुहरुको महानपर्व दिपावली तथा छठ पर्वको समयमा समेत किसानहरुले भूक्तानी नपाएपछि किसानहरु चिन्तित बनेका हुन् ।
बर्षभरिको मिहिनेत र लगानीबाट उब्जाएको उखु बालीको रकम पर्वको समयमा समेत नपाएपछि उखु उत्पादक किसानहरु चिन्तित भएका छन् । चिनी उद्योगीले उखु उत्पादक संघ रौतहटका पदाधिकारीलाई पटक–पटक वार्ताका लागि काठमाडौंमा बोलाएर खालीहात फर्काएको संघका जिल्ला अध्यक्ष अशोक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here