अशोक पहाडी
चन्द्रपुर,१४ कार्तिक । चन्द्रपुर नगरपालिकाले आफ्नो सिमाना कहां हो भन्ने सम्मको हेक्का नराख्दा एकजनाले झण्डै वन कार्यालयको खोरमा जाकिनु परेको थियो ।
बृन्दावन नगरपालिका र चन्द्रपुर नगरपालिकाको सिमानाको बिषयमा यकिन नहुदा यस्तो समस्या आएको हो ।
बागमती खोला चन्द्रपुर नगरपालिकाले उत्खनन गर्न ठेक्का लगाएको र उत्खनन गरेको खोलाजन्य बस्तु बृन्दावन नगरपालिका भित्रको बाटोबाट राजमार्गमा निस्कने गरेको थियो । बृन्दावन नगरपालिकाले समेत चन्द्रपुर नगरपालिकाले ठेक्का लगाएको स्थानबाट ल्याईएको खोलाजन्य बस्तुको कर अमानतमा उठाउन थालेपछि दुबै नगरपालिकाको बिवाद चर्केको थियो ।
बिवाद चर्केपछि बृन्दावन नगरपालिकाले आफ्नो बाटोबाट खोलाजन्य बस्तु निकाशी गर्न नदिने भनेपछि चन्द्रपुर नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद सिग्देलले वन मासेर बाटो निकाल्न उर्दी जारी गरेका थिय ।
सुजोन बुझोे चन्द्रपुर नगरपालिकाका प्रमुख सिग्देलले घना वन मासेर बाटो बनाउन खोला उत्खनन गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सनलाई उर्दी दिएपछि वन मासेर गिटी ,बालुवा निकाल्न बाटो खन्न थालेको मेसिनलाई डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको थियो ।
पौराईमा रहेको एक सामुदायीक वन क्षेत्रमा नगरपालिकाका प्रमुख सिग्देलको उर्दीमा बाटो खन्न लागेको स्काभेटर सामुदायीक वनले पक्राउ गरेर डिभिजन वन कार्यालयमा बुझाएको थियो ।
बाटो खन्ने स्काभेटर वनले पक्राउ गरेपछि खोला उत्खनन गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सनका मालिक नगरपालिकाका हाकिम घेराउन गर्न नगरपालिकाको कार्यालयमा पुगेका थिय । आफुले बाटो खन्न आदेश दिएको मान्छे र मेशिन वन कार्यालयले पक्राउ गरेको कुरा थाहा पाएपछि केही दिनको लागि हाकिम बनेका सिग्देलको सात्तो गएको थियो ।
हावा तालमा नगरपालिकाको लेटर प्याडमा बाटो खन्ने आदेश दिएका सिग्देलले तिहार बिदाको अन्तिम दिन कार्यालय समय सकिनै लाग्दा चन्द्रपुर नगरपालिकाका एकजना कार्यपालिका सदस्य काजिमान कुस्वार र कर्मचारी किर्ति सुवेदीलाई लिएर डिभिजन वन कार्यालय पुगेका थिय ।
वन कार्यालयमा गएर सिग्देलले माफि माग्दै आफुबाट गल्ती भएको अव आईन्दा त्यसो नगर्ने सर्तमा आशिष कन्ट्रक्सनलाई ३० हजार जरिवना तिर्न लगाएर मेशिन र मेशिन चलाउने चालक छुटाएका थिए ।
आशिष कन्ट्रक्सनले तिरेको ३० हजार उस्ले कबुल गरेको ठेक्काको रकमबाट घटाउने समेत गोप्य सहमती भएको थियो । पहिला ठेक्का लगाउने र पछि आफुले गल्ती गरेर नगरपालिकाको राजश्व घटाउने खेलमा सिग्देल सहितका कर्मचारी लागि परेका छन ।
अन्य ठेक्कामा समेत ब्यापक जनगुनासो आएपछि यसको कर नलि उस्को कर नलि बरु कबुल रकबुल रकमबाट केही पैसा घटाउने काम काम हुदै आएको समेत जनप्रतिनिधिले पत्तो पाउने गरेका छैनन् । नपाउनेले केरा पायो बोक्रो सुद्ध खायो भनेझै गरी सिग्देलले हाकिम गिरी देखाउदा डिभिजन वन कार्यालयमा गएर माफि माग्नु परेको थियो ।
चन्द्रपुर नगरपालिकाको शिक्षा प्रमुखको रुपमा सिग्देल लाएपछि नगरको शिक्षाको अवस्था समेत खस्कदै गएको छ,भने उनी केही दिन नगरपालिकाको निमित्त हाकिम हुदा ठेकेदारको चेक दिनका लागि ठेकेदारले दिने घुस रकममा सुन्ना थप्न कर गरेर चर्चामा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here