गौर २१ कार्तिक / पूर्व मन्त्री तथा सांसद अफताव आलमको बयान सकिएको छ । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमको मंगलबार सुरु भएको बयान बिहीबार सकिएको हो । न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई तेस्रोदिन ५१ वटा प्रश्नहरु सोधिएको थियो । बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धि प्रश्न गरिएके थियो । अधिकांश श्नको उनले इन्कारी बयान दिएका छन । आलममाथि आजै दिउँसाे २ बजेपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here