गौर,२१ कार्तिक / एक महिलालाई दाईजो नल्याएको भन्दै केटा पक्षले कुटपिट गरेर घर निकाला गरेका छन् । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ करकच कर्मैयामा दाइजो नदिएको भन्दै बुहारीलाई केटा पक्षले घरबाट निकाला गरेका हुन । कानूनी विबाह गरेकी बुहारीलाई दाइजो नल्याएको भन्दै श्रीमान ,सासु, ससुरा, देवर, नन्द मिलेर कुटपिट गरी घर निकला गरेका पिडित युवतीले बताएकी छिन् । लामो समयको प्रेमलाई कानूनी र सामाजिक विबाहमा परिणत गरेको तर पछि श्रीमान रोनाल्स कुमार झाले आमा बुवा आफन्त नातेदारको बहकाउमा परी घरबाट निकाला गरेको पीडित महिला २८ वर्षीया जूही ठाकुरले बताएकी छिन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ मा बस्ने ठाकुरले प्रेम प्रेमिकाको रुपमा एक बर्ष बसेर गएको भदौ १५ गते सप्तरी जिल्ला अदालतबाट श्रीमान श्रीमतीको नाता कायम गराई कानूनी विबाह गरेको सुनाइन् ।कानूनी विबाहपछि सामाजिक विबाह जानकी मन्दिर जनकपुरमा गरेको ठाकुरले सप्तरीमा बैंकमा कार्यरत रहेका झाले घर परिवारको सहमतिमा विबाह गरेको उल्लेख गरिन् । विवाह भएपछि रौतहटको गरुडामा रहेको सेन्चुरी बैंकमा कार्यरत झा सम्पर्क बिहिन भएपछि श्रीमानको घर करकच पुगेकोमा ससुरा सरोज कुमार झा, सासु रेनू झा, नन्द रौशनी झा, देवर रोहन झा सहित आफ्नै श्रीमानले कुटपिट गरी घरमा प्रवेश गर्न नदिई बाहिर निकालेको पिडितले बताईन । विवाह भएको तीन दिनपछि सप्तरीबाट रौतहट आएका श्रीमानले रौतहट जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दिएको समेत बताइन् ।ससुराले छोराले अर्को बिवाह गरेको भए ३० लाखसम्म दाइजो पाउनेमा र घरमा बस्ने भए तेतीनै रकम ल्याउन भनेको पिडित ठाकुरले बताईन् । आफु घरेलु हिंसाको शिकार भएकी र न्यायका लागि महिला सेल गरुडामा उजुरी गर्दा श्रीमानले गत कार्तिक ३ गते जिल्ला अदालत गौरमा सम्बन्ध विच्छेद मुद्दा हालीसकेको जानकारी गराएपछि आफु माथि बज्रपात भएको दुखेसो पोखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here