चन्द्रपुर,२४ कार्तिक ।
जिल्लाको संन्तपुरमा समाचकेवा महत्सव तथा मेलाको तयारी पूरा भएको छ । चन्द्रपुर नगरपालिका वडानं ८ सन्तपुरमा बिगत बर्ष झै यश बर्ष समेत मेला लाग्ने भएको हो । सन्तपुर मेला ४४ औ बर्षमा प्रबेस गरेको मेला आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले बताए ।
थारु समुदायका समाचकेवा पर्वका अबसरमा हरेक बर्ष मेला लाग्दै आएको छ । कात्तिक २६ गतेबाट सुरुहुने मेलाको उदघाटन रौतहट क्षेत्र नं ४ का संघिय सासद देव प्रसाद तिमल्सिनाले उदघाटन गर्ने मेला आयोजक समितिले जनाएको छ ।
मेलामा थारु कल्चर डान्स ,थारु झाकी ,थारु संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने मेला समितका कोषाध्यक्ष तुला चौधरीले बताए । मेलामा मौतका कुवा ,पिगं र बालबालिका लागि मनोरञ्जनात्मक साधनहरु रहेको समितिले जनाएको छ ।
बिगत लामो समय देखि सन्तपुरमा मेला लाग्दै आएको र यसलाई अवका दिनमा थारु महोत्सवका रुपमा परिमार्जित गर्दै लैजाने अध्यक्ष प्रमोद चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here