चन्द्रपुर,२४ कार्तिक /
नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुरका कर्मचारीले अबैध रुमा रकम लिएर बिजुली चोर्न सहयोग गर्ने गरेको रहस्य खुलेको छ । प्राधिकरण को चन्द्रनिगाहपुर शाखामा नया हाकिम आएपछि अबैध असुली समेत बढेको सेवाग्राहीले गुनासो गर्दै आएको छ । जुडिबेलाका एकजना सेवाग्राही बद्री कार्कीसंग पांच हजार अबैध घुस रकम लियर हुकिग गरेर सिचाइ मिटर जडान गर्न दिएको समाचार स्रोतले बताएको छ । मिटर राख्नका लागि सिचाइ घर बनाएपछि मात्रै मिटर दिने प्रावधान रहेको छ । तर प्राधिकरण चन्द्रनिगाहपुरका फोर मेन राजेन्द्र महतोले पाच हजार घुस लियर सिचाइ घरनै नबनी बाटो छेउबाट मोटर चलाउन लाईन दिएका हुन् । बाटो छेउबाट मिटर भएपनि अंकुसे लगाएर कार्कीले मोटर चलाएको एक स्थानीयले जानकारी दिएका छन । नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा नया हाकिम आएपछि हाकिमलेनै कर्मचारी लाई घुस खान प्रोत्साहन गर्ने गरेको गुनासो बढदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here