पर्सा,२६ कार्तिक / पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–५ का ३८ वर्षीय ईन्द्र बहादुर तामाङ, सोही नगरपालिका–१० का २६ वर्षीय पदम तामाङ र सोही ठाउका २२ वर्षीय रोशन तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा तीनै जनालाई वीरगञ्ज महानगरपालिका–१३ स्थित परवानीपुरबाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्लास्टिक र टेपले बेरिएको अवस्थामा १० पोका लागूऔषध गा“जाको धुलो जस्तो देखिने वस्तु र बा ५३ प ४०४७ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here