ओम प्रकाश यादव,२९ कार्तिक / प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले कमला बचाउ अभियानमा एक्यवद्धता जनाएका छन् । कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सव समारोहमा सहभागीता जनाउँदै राज्यमन्त्री यादवले कमला बचाउ अभियानको लागि आफूले हरेक सहयोग गर्ने बाचा गरेका हुन् । उनले यसको लागि प्रदेश सरकारसमेत गम्भीर रहेको र आफूले थप पहल गर्ने बताए । राज्यमन्त्री यादवले कमला नदीलाई मधेशको प्राणङको संज्ञा दिए । उनले कमला बचाउ अभियान सफल भए तराई मधेशका किसानको मुहार फेरिने र कमलाको इतिहास र पौराणिक अस्तित्वसमेत जीवित रहने तर्क गरे । कमला बचाउ अभियानको लागि जनता जागरुक हुनुपर्ने आवश्कता रहेको औल्याए । राज्यमन्त्री यादवले कमला बचाउ अभियानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउन कार्यक्रममा सहभागी प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई संघीय सरकारसँँग समन्वय गर्न आग्रह गरे । तीनै तहको सरकारबीच समन्वय बनाएर कमला नदीलाई मधेशको वास्तविक प्राणको रुपमा रुपान्तरण गर्न आफू पहल गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here