गौर,६ मंसिर ।
जिल्लाका केही विद्यालयका आफ्नै आम्दानीको स्रोत भएपनि विद्यालयमा विद्यार्र्थीका लागि खानेपानी र शौचालयको समेत ब्यावस्था नहुने गरेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिका वडा नं.२ अन्तर्गत पर्ने श्री आधारभूत विद्यालय इनर्वामा लाखौ आम्दानीको स्रोत भएपनि विद्यालयमा खानेपानी तथा शौचालयको अभाव भएका हो । सो विद्यालयको नाउमा करिब आठ बिगहा जग्गा हुदा समेत जग्गाबाट आउने आम्दानी विद्यालयको प्रधानअध्यापक मनोज कुमार पटेलले हिनामिना गरी विद्यालयले पाउने सबै आम्दानीका स्रोत लाई समाप्त पारेको स्थानिय वासिन्दाले आरोप लगाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here