चन्द्रपुर,११ मंसिर ÷रौतहटको चन्द्रनिगाहपुरमा सिभिल बैंकको शाखा स्थापना भएको छ ।
बैंकले आफ्नो १०० औं शाखा चन्द्रपुर नगरपालिकाको ४ नम्बर वडामा सञ्चालनमा ल्याएको हो । मंगलबार बैंकको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले उदघाटन गरे ।
मंगलबारबाटनै बैंकले बैंकिङ कारोबार सञ्चालनमा ल्याएका छ ।
बैंक संचालक समितिका सदस्य श्री भिमानन्द ढुङनाले बैंकले यस भेगका बासिन्दाका लागि सहज सेवा दिने बताए ।
कार्यक्रममा सिभिल बैंक प्रदेश २ का प्रमुख सुरज दाहालले प्रदेश २ मा सिभिल बैंकको शाखा १२ वटा सञ्चालनमा आएको बताएका छन् । कार्यक्रममा आयोजित शुभकामना मन्तव्यको क्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीले आफ्नै घर आँगनमा सञ्चालनमा आएको कर्मसिलय सिभिल बैंकसँग कारोबार गर्न स्थानीय व्यापारी, बुद्धिजीवि र नगर बासीसँग आग्रह समेत गरेका थिए ।
चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा रहेको बैंक हरुले आ आफनो शाखा चन्द्रपुरको प्रत्यक वडामा सञ्चालन गर्न अनुरोध समेत गरेका थिए । सिभिल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहपुरका ब्रन्च मैनेजर सचि खतिवडाले बैंक सेवाका लागि स्थापना भएको बताए ।
उदघाटन कार्यक्रममा बैंकको तर्फबाट सुनौलो नेपाल संस्थालाई २५ हजारको चेक प्रदान गरिएको थियो । सो उदघाटन कार्यक्रममा चन्द्रपुर नगर उद्योग बाणिज्यसंघका महा सचिब सुनिल कुमार साहले पछिल्लो समय बैंकहरु धमाधम स्थापना हुनु राम्रो भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here