रौतहट,१३ मंसिर । जिल्लाको चन्द्रनिगाहपुरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित मंगलपुरमा लु २ ख २३२२ नम्बरको ट्रिपरले बा ५५ प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाही जिल्लाको बागमती नगरपालिका ४ बस्ने वर्ष १८ को बिपिन रसाइली रहेको प्रहरीले बताएको छ । शुक्रबार दिउसो मोटर सार्यकललाई ठक्कर दिने ट्रिपर र चालक ईलाका प्रहरी कार्यालय चन्द्निगाहपुरले नियन्त्रणमा लिएको डिएसपी कबित कटवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here